एउटा घटनाले संसदमा आए, राजनीतिमा आफै आएको हुँ:  सांसद भट्टराई

पाेखरा | मंसिर २१, २०७९

एउटा घटनाले संसदमा आए, राजनीतिमा आफै आएको हुँ:  सांसद भट्टराई

पोखराः   कास्की क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफुलाई एउटा घटनाले संसदमा पुर्‍याएको बताएकी छिन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।


उनले एउटा अविस्मरणीय घटनाका कारण सांसद बनेको बताउदै राजनीतिमा आफै आएको बताइन् । ‘संसदमा एउटा घटनाले पुर्‍यायो, तर राजनीति आफै आएकी हुँ, भट्टराईले भनिन्, ‘हरेक समयको प्रक्रियालाई हेर्ने हो भने, सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ, एउटा घटनाले निर्माण गर्छ अर्को विभिन्न आन्दोलन र अभ्यासले , घटनाले संसदमा पुर्‍याए पनि आन्दोलन र अभ्यासले राजनीतिमा आएकी हुँ ।’


सांसद भट्टराईले आफ्नो स्वर्गीय पतिको नामलाई जोडेर मात्रै आफु परिचित नभएको बताउदै भनिन्, ‘परिचय र पहिचान दिने कुरामा रविन्द्रको धर्मपत्नी, त्यो एउटा परिचय हो । त्यो कुरालाई अस्विकार गर्दिन, पारिवारिक सम्बन्धका लागि मेरो लागि स्वीकार्य छ तर राजनीतिककर्मी, सांसदको सदस्य मान्य हो भने जनताले विद्या भट्टराईलाई अभिमत दिनुभएको छु, म जनप्रनिधि हुँ आफ्नै परिचय र पहिचान पनि जोडिएको छ ।’


उनले आफ्नो धर्मपति अधिकारी सबैको मनमा बस्न सफल एक उदाहरणीय राजनीतिकर्मी भएको सुनाइन् । उनले फरक प्रसंगमा बोल्दै आफु सांसदका रुपमा दोहोरिएपछि कास्की २ को विकास निर्माण र महिलाको उत्थान र विकासको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् । ‘कास्की २ बाट जुन अभिमत पाएकी छु त्यसलाई दुरुपयोग गर्दिन्, उनले भनिन्, ‘अभिमतको सम्मान गर्दै अब कास्की २ को विकाससँगै महिलाको उत्थान र विकासको लक्ष्यलाई अगाडी बढाउन अब मेरो संसदको यात्रा हो ।’


भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि पनि उनी रबिन्द्र अधिकारीको निधनपछि उपनिर्वाचन भिडेर सांसद भएकी थिइन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्